नेपालीमा स्वास्थ्यसम्बन्धी जानकारी
爱滋病病毒健康资讯(尼泊尔文)
(नेपाली संस्करण स्वास्थ्य विभागको HIV परीक्षण सेवा वेबसाइटमा चयन गरिएको र आवश्यक जानकारी मात्र समावेश छ। तपाईं वेबसाइटको अङ्ग्रेजी/परम्परागत चिनियाँ/सरलीकृत चिनियाँ संस्करणमा गएर थप विस्तृत जानकारी पहुँच गर्न सक्नुहुन्छ।)
(衞生署HIV测试服务网页的尼泊尔文版本仅包含部分基本资讯。如欲浏览更详尽的资讯,请参阅英文丶繁体中文或简体中文版本的网页。)
तपाईंलाई थाहा हुनु पर्ने कुराहरू:
(你需要知道的是:)
-
HIV ह्युमन इम्युनो डिफिसिएन्सी भाइरसको संक्षिप्त नाम हो। यो भाइरसले प्रतिरक्षा प्रणालीमा आक्रमण गर्दछ, व्यक्तिलाई विभिन्न संक्रमण र रोगहरूका लागि बढी संवेदनशील बनाउछ। उपचार नगरी छोडियो भने, HIV संक्रमण एक्वाइर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम वा AIDS भनिने सबैभन्दा उन्नत चरणहरूमा बढ्न सक्छ।
-
हङकङमा, HIV सर्ने मुख्य माध्यम यौन सम्पर्क हो। कण्डम सही तरिकाले र लगातार प्रयोग गर्नु नै HIV र विभिन्न यौन सम्पर्कबाट सर्ने संक्रामक रोगहरू (STIs) को रोकथाम गर्ने एक महत्त्वपूर्ण तरीका हो। (नि:शुल्क कण्डम प्राप्त गर्नेसम्बन्धी जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)।
-
HIV बाट संक्रमित भएका व्यक्तिहरूमा धेरै वर्षसम्म कुनै लक्षण नदेखिन सक्छ। यसको मतलब HIV बाट संक्रमित भएका धेरै मानिसहरूलाई आफू संक्रमित भएको थाहा हुँदैन! कसैलाई HIV छ कि छैन भनेर थाहा पाउनका लागि (HIV परीक्षण गर्नु नै एक मात्र तरिका हो।)
-
तपाईंले कहिल्यै यौनसम्पर्क गर्नुभएको छ तर पहिले कहिल्यै HIV को परीक्षण गर्नुभएको छैन भने HIV परीक्षण गर्न सिफारिस गरिन्छ। हङकङमा नि:शुल्क र बेनाम HIV परीक्षण सेवा उपलब्ध छ। (HIV परीक्षणसम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)
-
असुरक्षित यौनसम्पर्क वा एकभन्दा बढी यौन साझेदारहरू जस्ता HIV सर्ने उच्च जोखिममा राख्न सक्ने व्यवहारमा संलग्न हुनुहुन्छ भने थप बारम्बार परीक्षण (प्रत्येक 3 महिनामा एक पटकसम्म) सिफारिस गरिन्छ।
-
हाल HIV को कुनै उपचार छैन तर एन्टिरेट्रोभाइरल थेरापीले मानव शरीरमा भाइरल लोडलाई प्रभावकारी रूपमा दबाउन सक्छ र प्रतिरक्षा प्रणालीमा हुने क्षतिलाई कम गर्न सक्छ। HIV भएका सबै मानिसहरूले सकेसम्म चाँडो उपचार सुरु गर्नुपर्छ। प्रारम्भिक उपचारले स्वास्थ्य परिणामहरू सुधार गर्न र अरूलाई भाइरस फैलाउने जोखिम कम गर्ने गरेको देखाइएको छ।
तपाईंलाइ के लाग्छ……? तपाईं सहमत हुनुहुन्छ?
(你觉得怎麽样?你同意吗?)
-
विश्वासी र माया गर्ने साझेदारले HIV सार्दैनन्?!
तथ्य: विश्वासी र माया गर्ने साझेदारहरू दुवैको HIV नतिजा नेगेटिभ छ भने उनीहरूले एकअर्कालाई भाइरस सार्न सक्दैनन्, सबै व्यक्तिहरू उनीहरूको HIV स्थितिबारे सचेत छैनन्, साझेदारले अनजानमा भाइरस सारेर अरूलाई HIV फैलाएको अवस्थाहरू हुन सक्छन्। सुरक्षित हुनका लागि, सधैं यौन सम्पर्कको समयमा कन्डम प्रयोग गर्नुहोस् र आफ्नो साझेदार र आफैँलाई नियमित रूपमा HIV परीक्षण गराउनुहोस्। यी सावधानीहरू अपनाउँदा यौन स्वास्थ्य कायम राख्न र HIV को फैलनबाट रोक्न मद्दत गर्दछ। -
लामखुट्टेको टोकाइबाट HIV सर्छ?!
तथ्य: होइन, लामखुट्टेले HIV सर्दैन। लामखुट्टे आफ्नो शरीरमा HIV प्रजनन वा फैलाउन सक्षम हुँदैन। लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा HIV इन्जेक्ट गर्दैन वा सर्दैन। त्यसैले लामखुट्टेको टोकाइबाट HIV सर्न सक्दैन। लामखुट्टेको टोकाइबाट HIV सर्छ कि भनेर चिन्ता लिनु पर्दैन। -
म फिट छु, मलाई HIV परीक्षणको आवश्यकता पर्दैन?!
तथ्य: HIV पत्ता नलागेका केही व्यक्तिहरू वर्षौंसम्म स्वस्थ देखिन र महसुस गर्न सक्छन्, तर संक्रमणले उनीहरूको स्वास्थ्यलाई बिस्तारै बिगार्ने भएकाले यसको परीक्षण गराउनु महत्त्वपूर्ण छ। उनीहरूले अरूलाई पनि संक्रमण फैलाउन सक्छन्। -
म परीक्षण गर्न खर्च गर्न सक्दिन?!
तथ्य: हङकङमा, तपाईंले स्वास्थ्य विभागमा नि:शुल्क HIV परीक्षण र परामर्श सेवाहरू पाउन सक्नुहुन्छ; सेवा नि:शुल्क, बेनामी छ र सबै जानकारी गोप्य राखिएको छ। (थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)। तपाईंले अपोइन्टमेन्ट लिन 2780 2211 मा कल गर्न सक्नुहुन्छ। यसबाहेक, केही सामुदायिक संस्थाहरूले पनि यस्तै सेवाहरू प्रदान गर्छन्। -
यौन क्रियाकलापपछि डचिङले HIV संक्रमणको सम्भावना कम गर्न सक्छ?!
तथ्य: यौनसम्पर्कपछि डचिङले योनीमा छोडिएको वीर्यको मात्रालाई मात्र कम गर्न सक्छ तर यसले योनिमा ब्याक्टेरियाको प्राकृतिक सन्तुलनमा बाधा पुर्याउन सक्छ, जसले विरोधाभासपूर्ण रूपमा HIV संक्रमणको जोखिम बढाउन सक्ने हानिकारक ब्याक्टेरियाको अत्यधिक वृद्धि निम्त्याउँछ।
कन्डमको सहि तरिकाले र लगातार प्रयोग गर्नु HIV र अन्य यौन सम्पर्कबाट सर्ने संक्रामक रोगहरू रोक्ने महत्त्वपूर्ण तरिका हो।
-
गर्भावस्थामा कण्डम प्रयोग गर्नु पर्दैन?!
तथ्य: कन्डम जन्म नियन्त्रणको एक तरिका हो जसले HIV र क्लामिडिया र गोनोरिया जस्ता केही यौन सम्पर्कबाट सर्ने संक्रामक रोगहरूबाट जोगाउन पनि मद्दत गर्दछ। वास्तवमा, गर्भावस्थाको समयमा HIV र यौन सम्पर्कबाट सर्ने संक्रामक रोगहरू संक्रमण हुनु आमा र बच्चा दुवैका लागि धेरै खतरनाक हुन्छ। त्यसैले, महिलाहरूले आफू गर्भवती भएको थाहा पाउने बित्तिकै HIV परीक्षण गराउनु वास्तव मै महत्त्वपूर्ण छ। गर्भावस्थामा पनि कण्डमको लगातार र सही तरिकाले प्रयोग गर्नु महत्त्वपूर्ण छ त्यसैले कन्डमविना यौनसम्पर्क गरेर आफूलाई वा बच्चालाई जोखिममा नराख्नुहोस्।
HIV/ STI स्वास्थ्य शिक्षासम्बन्धी विषयसूचीहरू
(爱滋病病毒/性传播感染健康教材)
-
AIDS भनेको के हो? (爱滋病篇)
-
HIV परीक्षण र उपचार (测试与治疗篇)
-
यौन सम्पर्कबाट सर्ने रोगहरू (性病篇)